झापा / राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । मंगलबार राति १२ बजेसम्म राष्ट्रपतिले उक्त विद्येयक प्रमाणीकरण नगरेपछि सो विद्येयक स्वतः निष्क्रिय बनेको हो ।
राष्ट्रपतिले यसअघि नागरिकता विद्येयकका केही प्रावधान सच्याउन भन्दै संसद्मा फर्काएकी थिईन । तर, प्रतिनिधिसभा र राष्ट्रियसभाले फेरी हुबहु पारित गरेपछि उनी असन्तुष्ट थिइन ।
विद्येयक सभामुख अग्नि सापकोटाले गत भदौ २० मा प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । तर, यो बीचमा भण्डारीले विभिन्न दलका नेता, कानुन व्यवसायी र सुरक्षा निकायका उच्च अधिकारीसँग छलफल गरेकी थिईन ।
तीमध्ये धेरैले राष्ट्रपतिलाई नागरिकता विद्येयक प्रमाणीकरण गरे राष्ट्रघात हुने भन्दै संविधानको संरक्षकको हिसाबले कदम चाल्न सुझाव दिएका थिए ।,सत्ता पक्षका नेताहरूले राष्ट्रपतिले विद्येयक पारित नगरे राजीनामा दिनुपर्ने भनेपनि सर्वसाधारण भने यसमा खुसी देखिएका छन् ।