इटहरी / सुनसरीको इटहरी उपमहानगर पालिका –२० बाट प्रहरीले चोरीको समान सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी –२० का आशिष चौधरी र किरण क्षेत्री रहेका छन ।
इटहरी २० मा किरण क्षेत्रीले सञ्चालन गरेको कवाडी पसलमा चोरी गरेको सामग्री बेच बिखन भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई राठी कम्पनीको वाईरिङका तार ८ पाकेट चोरी गरी बेचीरहेको अवस्थामा पक्राउ गरेको हो ।
चौधरी पक्राउ परेसंगै सोधपुछको क्रममा पहिला समेत चोरी गरेका अन्य सामग्री सोही पसलमा बिग्रि गरेको भनि चौधरीले बयान दिएका आधारमा प्रहरीले कवाडी पसलमा खानतलासी गर्दा चोरी गरी बिक्री गरेका बिभिन्न कम्पनीका १४ थान ब्याट्री, पानी तान्ने मोटर २ थान समेत कवाडी पसलबाट बरामद भएको हो ।