झापा / तेह्रथुममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लालिगुराँस नगरपालिका -१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बू रहेका छन् ।  

ती बालिकालाई राजनले सोही गाउँपालिका -२ बसन्तपुरस्थित  एक होटलमा लगी भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।