बिर्तामोड / सुनको गहना चोरेको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक घर भएका अरुण राना मगर, बृखमान राई र भुपेन्द्र बिक छन् । उनीहरूमाथि जेठ २ मा इटहरी उपमहानगरपलिका -८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गहना चोरेको आरोप छ ।
अरुण रानामगरले गहना चोरेर वृखमान राईलाई बिक्री गरेको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए । उनका अनुसार बृखमानले सो गहना भुपेन्द्र विकलाई बेचेको स्वीकार गरेका छन् । आरोपहरूमाथि चोरी मुद्दामा म्याद लिएर इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ ।