बिर्तामोड / झापा कारागार भद्रपुरका २७ जना कैदीबन्दीले माफी पाएका छन् । 

सरकारले संविधान दिवसको अवसरमा नकारात्मक सुचीमा नपरेका यस कारागारका २७ जना कैदीबन्दीको बाँकी सजाय माफी मिनाहा गरेको हो । 

OM Sai Pathibhara Hospital

जेलर सुरेन्द्र थापाका अनुसार कर्तव्य ज्यान , बहुबिबाह ६–६, किर्ते, सवारी ज्यान, ज्यान मार्ने उधोगका ४–४, ठगी, खोटाचलान, चोरीका १–१ जनालाई कैद भुक्तानमा मिनाहा गरिएको हो । 

त्यस्तै देशभरबाट ६ सय ८१ कैदीबन्दीले बाँकी सजाय माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको बाँकी कैद सजाय माफी मिनाहा दिएकी हुन् ।