बिर्तामोड / झापाको मेचीनगरबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –१३ तेलिबारीस्थित फुलबासा चौक घर भएकी ४३ वर्षीया भारती राजवंशी रहेकी छिन् ।
आइतबार साँझ ६ बजे लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजवंशीलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो रङको लिसाईलो पदार्थ ४ ग्राम र निजको घरबाट ८ ग्राम गरी जम्मा १२ ग्राम, डिजिटल मिनि तराजु १ थान र तीन लाख ५३ हजार पाँच सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।