झापा / अछाममा पहिरोमा परेर २२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । 

शुक्रबार राति परेको अविरल वर्षाका कारण जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर २२ जनाको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

मृत्यु भएका २२ जनाकै सनाखत भइसकेको र बेपत्ता एक जनाको खोजतलास भइरहेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए ।

मृत्यु हुनेमा कमलबजार नगरपालिका –६ ठाँटिखादका ३० वर्षीया अमृता कामी, १७ वर्षीया रीता कामी, २१ वर्षीया आराधना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया शिरु कामी रहेका छन् ।

त्यस्तै कमलबजार नगरपालिका –८ का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिक्रा दमाई, ३ वर्षीय कलु दमाई र ४ वर्षीया कल्पना दमाई रहेका छन् । 

ढकारी गाउँपालिका –६ सिमाने का २ वर्षीय नवीन बुढा, तुर्माखाद गाउँपालिका –५ का १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्रबहादुर शाही, ३६ वर्षीया मनिषा शाही, २१ वर्षीया भावना शाही, १७ वर्षीया कल्पना शाही, १ वर्षीया मेलिना शाही, ३ वर्षीया कल्पना शाही र १३ वर्षीया सुन्दर शाहीको पहिरोमा परेर मृत्यु भएको हो । ढकारी गाउँपालिका –१ का ४२ वर्षीय मोती बुढा भने अझै बेपत्ता रहेका रहेका छन् । 

त्यस्तै पहिरोमा परि ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको र बाँकी ३ जना घाइतेको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने अन्य ५ जना भने सामान्य उपचारपछि घर फर्किएका प्रजिअ रिजालले बताए ।