बिर्तामोड / झापामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका -७ स्थित  ब्लक फ्याक्ट्रीमा काम गर्ने उदयपुर बेलका नगरपालिका -९ घर भएका ३२ वर्षीय मन्दिप पुरी रहेका छन् ।

पुरीले ति किशोरीलाई श्रीमान नभएको मौका पारी किशोरीकै कोठामा गई बिहीबार दिउँसो बलात्कार गरेको  भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ परेका पुरीको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।