झापा / अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेर बहादुर देउवालाई हस्तान्तरण गरेको छ ।  

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर विज्ञ समूहले सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो ।

OM Sai Pathibhara Hospital

सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्‌को गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो ।

नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताए ।

काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदीबीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र विमानस्थल निर्माणको लागि उपयुक्त देखिएको उनले बताए ।