काठमाडौं / काठमाडौं महानगरपालिका वडा नम्बर -९ गैरीगाउँमा आइतबार बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३० वर्षीय पुरूषको शव सडकमुनि फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

शव फेला परेपछि घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको प्रहरीको टोली साथै केनाइन स्कुलबाट तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । चोट लाग्दा टाउकोबाट रगत बगेको अवस्थामा शव फेला परेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital