झापा / अछाममा पहिरोमा परि  मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २-२ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

रिजालका अनुसार यस्तै अन्य ३ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो । अहिले जिल्लाका विकट स्थानीय गाउँमा पहिरोबाट प्रभावितको उद्धारमा समस्या भइरहेको सहायक प्रजिअ रिजालले बताए।अछामको तुर्माखादका पहिरो प्रभावितलाई उद्धार गर्न समस्या भएको छ । हिड्ने बाटो समेत नहुँदा पहिरो गएको ठाउँका स्थानीयको उद्धारमा समस्या भएको उनले बताए ।