काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण पुष्टि भएको छ । बिहीबार थापालाई उच्च ज्वरो आए पछि ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।
उहाँलाई ‘ज्वरो आएको छ अहिले घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने । उनका अनुसार शुक्रबार भने थापालाई ज्वरो केही कम भएको छ ।