झापा / सर्लाहीको हरिवन नगरपालिका -९ स्थित नयाँ रोडबाट प्रहरीले ठुलो मात्रामा भन्सार छलीको चिनी सहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले विशेष सुराकीको आधारमा चेकजाँच गर्दा नेपाल भारत सिमा स्थित बलरा नाकाबाट भन्सार छलेर नेपाल भित्रिएको २ वटा ट्रक र ९ सय ८० बोरा चिनी बरामद गरेको हो । २ वटा ट्रकको रु १ करोड ६० लाख र ९ सय ८० बोरा चिनीको अन्दाजी मूल्य रु ६८ लाख ६० हजार गरि रु २ करोड २८ लाख ६० हजार रहेको जिल्ला भन्सार कार्यालय सर्लाहीले जनाएको छ । 

बलरा नाकाबाट नेपाल भित्रिएको ना ७ ख ६१४५ र प्रदेश २-०३-००१ ख ६५८५ नम्बरका २ वटा ट्रकमा लोड गरि नेपाल भित्र्याई पुर्व पश्चिम लोकमार्गमा पुर्याउँदै गर्दा इलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालय सर्लाही पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो ।

OM Sai Pathibhara Hospital

उहाँका अनुसार प्रहरीले नियन्त्रणमा लिएको ट्रक र सोमा लोड अवस्थामा रहेको चिनी करिब सवा २ करोड मूल्य बराबरको रहेको छ । सो सामान कसले र कहाँ लैजान भन्सार छलेर भित्र्याएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।