बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकाले १०० दिनको कार्य उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १०० दिन पूरा भएको अवसरमा बुद्धशान्ति गाउँपालिकाले पत्रकार सम्मेलन गरि उपलब्धि सार्वजनिक गरेको हो । बुधबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाका प्रवक्ता अनिल वाग्लेले १०० दिनका कार्य उपलब्धि सार्वजनिक गरेका हुन् । उनले आगामी बिकासका योजनाहरूका विषयमा आफ्नो धारण राखेका थिए ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख मनोज प्रसाईँले गाउँपालिकालाई समृद्ध र सफल बनाउने योजना सफल पार्नका लागि जनता र कर्मचारीको सहयोग रहनु पर्ने बताए । गाउपालिकाले अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूलाई भूमि आयोगको सहकार्यमा जग्गा धनी प्रमाण पुर्जा वितरणको कामलाई प्राथमिकतामा राखेको छ ।