काठमाडौँ / सांसदको महाभियोग समिति बैठक केही घण्ट पर सारिएको छ ।
सोधपुछका लागि बोलाइएका सर्वोच्च अदालतका न्यायाधीशहरू नआउने भएपछि आज बिहान ८ बजेदेखि बस्ने तय गरिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो ।
समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार सर्वोच्च अदालतका न्यायाधीशहरूले सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएका थिए ।
समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।
सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुल–कोर्ट) ले चोलेन्द्र शमशेरको महाअभियोग छानबिन समितिमा सोधपुछका लागि जान नमिल्ने निर्णय गरेको थियो।