बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा बुधबार तथ्यजाँच र पत्रकारिता तालिम सम्पन्न भएको छ । बुद्धशान्ति प्रेस क्लबले आयोजना गरेको  तालिम कार्यक्रममा झापाका ३० भन्दा बढि क्रियाशिल पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले पत्रकारहरूलाई निर्धक्क रूपले कलम चलाउन आग्रह गरेका छन् । साथै उनले सञ्चारकर्मीसञ्चारमाध्यमलाई गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

OM Sai Pathibhara Hospital

 बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष आयुष निरौलाको अध्यक्षतामा  भएको कार्यक्रम माई संसार डटकमका सञ्चालक उमेश श्रेष्ठले समाचारमा तथ्यजाँच गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए ।

यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि रहेका बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले पत्रकारिता क्षेत्रमा देखिएका विकृति हटाउन पत्रकारहरू सक्रिय रुपमा लाग्नु पर्ने कुरामा जोड दिए । बुद्धशान्ति प्रेस क्लबका उपाध्यक्ष विष्णु लामिछानेले शुभकामना व्यक्त गरेको कार्यक्रमको सञ्चालन क्लबका सचिव रोशन भट्टराईले गरेका थिए ।