झापा / संघीय संसद, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी दिन आह्वान गरेको छ । 

संसदीय सुनुवाइको प्रक्रिया थाल्दै समितिले न्यायाधीशमा सिफारिस नीता गौतम, विनोद शर्मा र डीएन पराजुलीविरुद्ध उजुरी दिन आह्वान गरेको हो 

OM Sai Pathibhara Hospital

उजुरीका लागि १० दिनको समय दिइएको छ । सूचना दिने दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा परिचय गोप्य राखिने समितिले जारी गरेको सूचनामा उल्लेख छ। 

सूचना दिन चाहनेले सिंहदरबारस्थित सुनुवाइ समितिको कार्यालयमा वा इमेलमार्फत पठाउनुपर्नेछ ।