काठमाडौं /  प्रतिनिधि सभाको बैठक दुई घण्टा पर सरेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजे मात्र बस्ने भएको हो ।

प्रतिनिधिसभाको कानुन न्याय मानव अधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदन आज प्रतिनिधि सभामा पेश गर्ने वातावरण बनाउन प्रतिनिधि सभाको बैठक सारेको बताइएको छ । 

OM Sai Pathibhara Hospital

सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदनलाई संसद् बैठकमा पेश गर्ने प्रक्रियाका लागि कानुन समितिको बैठक सिंहदरवारमा बस्दैछ ।

त्यस्तै आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । त्यसैगरी बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।