काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनिँया सभामुख ली चान्सुबीच भेटवार्ता भएको छ ।
आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डल र चीनका राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको हो ।
तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका चिनिँया सभामुख लिले आजै प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।