- सरोज निरौला
काठमाडौँ / वनलाई पर्यटकीय हव बनाउन सामुदायिक वनहरु लाग्न वन वातावरण तथा भु- संरक्षण मन्त्र शेखर चन्द्र थापाले आवहान गर्नु भएको छ । मन्त्र थापाले डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समुहको २० औं साधारण सभामा बोल्दै जीवन र जनता सँग सरोकार राख्ने विषय जनतालेनै संरक्षण गर्न सक्छ भन्ने अवधारणले सामुदायिक वन निर्माण भएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतीथि प्रदेश नम्बर १ का वन, वातावरण तथा भु-संरक्षण मन्त्र शेखर चन्द्र थापाले जङ्गल , जमिन , जनता र जल जीवनका महत्वपूर्ण पक्ष भएका कारण यसको संरक्षणमा सामुदायिक वनले ध्यान दनिु पर्ने बताउनु भयो । जीवनका अब सामुदायिक वनले वनमा पर्यापर्यटन बढाउने, वन भत्रि कृर्षी उत्पादन बढाउन र वनलाई उत्पादन सँग जोड्न सामुदायिक वनले ध्यान दनि जरुरी रहेको बताउनु भयो ।
२० औं साधारण सभामा सम्बोधन गर्दै उपभोक्ता महासंघ प्रदेश १ सचिव अग्नि पौडेलले सामुदायिक वनहरु पर्यावरण क्षेत्रको प्रचुर सम्भावना बोकेका नाफा रहित संस्था भएका कारण सरकारले आयकरको दायरामा राख्न नहुने बताउनु भएको छ । कार्यक्रममा विशिष्ट अतीथि पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर देविमाया काफ्ले लगायत डिभिजन बन प्रमुख अनिरुद्र प्रसाद साहले मन्तव्य राख्नु भएको थियो ।
डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समुहले २१ औ साधारण सभाको अवसरमा स्थानीय निकायमा नर्विाचति जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । कार्यक्रममा विपन्न सदस्यलाई खाट बितरण गर्दै, गरिबी तथा जेहेन्ददार विद्यार्थीलाई शैक्षिक सामाग्री, गरिबी नवीकरण अन्तरगत राहत बितरण , आवास निर्माणका लाग काठ दाउरा बितरण कार्यक्रम गर्दै आएको अध्यक्ष मदन पोख्रेलले बताउनु भयो ।