बिर्तामोड / जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २ जना नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने अभियुक्तहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला इलाम माई नगरपालिका -१ बस्ने २० वर्षीय विकास लिम्बू र सोही स्थान बस्ने १९ वर्षीय मौसम भनिने राजन लिम्बू रहेका छन् ।
उनीहरु दुवैले १४ बर्षिया र १३ बर्षिया नाबालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोप छ । पक्राउ परेका दुवैलाई इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।