विराटनगर / १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा विशिष्ट ब्यक्तिको सुरक्षा तालिम उद्घाटन भई तालिम सञ्चालन भएको छ ।
आज (आइतबार) बिहान यस कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाले तालिमको उद्घाटन गरेका हुन् ।
तीन कार्य दिन अवधिको विशिष्ट ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा विशिष्ट ब्यक्तिको सुरक्षार्थ खटिएका प्रहरी बरिष्ठ नायब निरीक्षक देखि प्रहरी जवान सम्म २५ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ ।