बिर्तामोड / सर्लाहीको मलङ्गवा नगरपालिका -८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रुपैयाँ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका -६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका -१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत २ जना रहेका छन् । उनीहरूलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

नेपालबाट भारततर्फ जाँदै गरेको बा ९८ प ७१५८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल सहितको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।