विराटनगर  / इटहरी उपमहानगरपालिका –६ मा रहेको बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई विद्युतीय अटो टेम्पो हस्तान्तरण गरेको छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप आज एक कार्यक्रमको आयोजना गरी  सोरुमका प्रबन्धक प्रदिप सन्थालियाले चालक सहित ९ सिट क्षमता भएको एउटा विद्युतीय अटो टेम्पो १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीलाई हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा बोल्दै सन्थालियाले प्रहरी नागरिकको निम्ति अहोरात्र खटिएको हुनाले हामी सुरक्षित रहेका छौ भन्दै आगामि दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै रहने कुरा उनले बताए । 

कार्यक्रममा प्रदेश प्रमुख गिरीले सोरुमका प्रबन्धक सन्थालियालाई विशेष धन्यवाद दिँदै उक्त बिधुतिय अटो टेम्पो विशेष गरी आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियानको लागि प्रयोग गरिने साथै प्रहरी गस्ती पेट्रोलिङको लागि पनि परिचालन हुने कुरा बताए ।