झापा / झापाको बिर्तामोडबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –५ का १९ वर्षीय कालु दास रहेका छन् ।
बिहीबार बेलुका साढे ५ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले दासलाई बिर्तामोड –३ बाट पक्राउ गरेको हो । शङ्कालागि चेक जाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दासको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






































