•  कौशल भण्डारी

बिर्तामोड  / शनिश्चरे – सडक निर्माण गर्न सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीयवासीले झापाको शनिश्चरे - बिर्तामोड सडकखण्ड बन्द गर्ने भएका छन् । सरोकारवाला निकायको ध्यानाकर्षण  गराउन सडक बन्द गर्नको विकल्प नभएको स्थानीय बलराम निरौलाले बताए । 

अर्जुनधारा -६ को कप्तानबारीदेखि बिर्तामोड सम्म को सडक भत्किदा पनि सम्बन्धित निकायले चासो नदेखाएपछि  सास्ती खेप्नुपरेको स्थानीयबासीले बताउँछन् ।

OM Sai Pathibhara Hospital

जिल्लाको मुख्य बजार बिर्तामोडबाट उत्तरी भेग जाने प्रमुख सडक खण्ड रहेको शनिश्चरे–बिर्तामोड सडक किनारमा रहेका घरधनीले बाटो निर्माणको माग राख्दै अवरोध गर्नेभएका हुन् । सार्वजनिक सवारीसँगै ट्रिपरको आवत जावत बाक्लो हुने सो सडक आसपासका बासिन्दाले खाल्टा र हिलोका कारण स्वास्थ्यमा प्रतिकुल असर पुर्याएको बताएका छन् ।

दैनिक जीवन नै कष्टकर भएको बताउँदै स्थानीय भन्छन् दैनिक मुख्यत सडक का कारण सवारी दुर्घटनाको मुख्य कारण बढेको बताएका छन् ।

ठाउँ ठाउँमा सडक भत्किएर सवारिसाधन चलाउने अवस्था, अर्का स्थानीय हरि उप्रेतीले भने यो सडकका कारण गाडी बिग्रिएर हैरान छौ, किन नबनाएका होलान् । उनले सडकमा भएका खाल्डाका कारण कतिपटक दुर्घटना भएको समेत बताए ।