काठमाडौँ / बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दीपसँग आफूहरू सम्पर्कमा रहेको बताएका छन् । सन्दीपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।
हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच सकिएपछि फर्किहाल्छु भनेको छ,’ मल्लले भने – राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरे ।