बिर्तामोड  / झापाको  दमकबाट प्रहरीले बिभिन्न जातका अवैध काठ सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इलामको चुलाचुली गा पा -५ का १९ वर्षीय  नवीन लिम्बू ,  २०  वर्षीय सुजन श्रेष्ठ , ३० बर्षिय धनपति न्यौपाने , फाकफोकथुम गा पा -३ का २० वर्षीय रमेश लिम्बू र पाँचथरको तुममेवा गा पा -१ का  २२ वर्षीय विवेक लिम्बू रहेका छन् ।

OM Sai Pathibhara Hospital

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ५ थान साइकल  र १ थान काठ काट्ने साधन सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीको लागी सब- डिबिजन बन कार्यालय बेल्डाँगीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।