झापा / गत चैतमा नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहले सफाइ पाएका छन् । नवलपुर जिल्ला अदालतले अभिनेता पलशाहलाई बलात्कारको मुद्दामा सफाइ दिएर बाल यौन दुरुदुपयोको मुद्दामा भने साढे दुई वर्ष कैद सजाय  सुनाएको छ । जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला सुनाएको हो ।

काठमाडौंको मध्य बानेश्वरस्थित होटलमा भएको संवादको अडियो आफ्नो स्वीकारेको तथा सुटिङबाट थाकेर आएपछि रक्सी सेवन गरी नाबालिगको कोठामा गएको बयान दिएकाले बाल यौन दुरुपयोग भएको ठहर गर्दै उक्त कसूरमा सजाय फैसला गरिएको उल्लेख छ । मिडियामा आएको प्रतिवादी शाहको अभि व्यक्ति लाई पनि फैसलामा दोषी ठहर गर्ने आधा र बनाइएको छ । नाबालिग राखेर यौनजन्य कुरा गर्नु पनि बाल यौन दुरुपयोग हुने भएकाले कसुर ठहर गरिएको फैसलामा उल्लेख छ ।

OM Sai Pathibhara Hospital

शाहले सफाइ पाए लगतै नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध पनि बलात्कारको आरोपमा जाहेरी दर्ता भएको छ । कप्तान लामिछाने विरुद्ध एक नाबालिगले जबर्जस्ती करणीको आरोप सहित मंगलबार साँझ गौशाला प्रहरीमा जाहेरी दिएकी हुन् । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेको पुष्टि गरेको छ ।