काठमाडौँ / प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाको सन्देशसहित प्राप्त ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

OM Sai Pathibhara Hospital

त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्न प्रस्ताव गर्नेछन् । छलफलपछि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यस्तै, नेकपा एमालेका सांसद भीमबहादुर रावलले ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न/गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएकोले’ भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको ध्यानाकर्षण गर्ने तयारी गरेका छन् ।