काठमाडौं / भन्सार छलेर ल्याएका कपडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाही हरिवन नगरपालिका -११ का २५ वर्षीय किरण विश्वकर्मालाई सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको हो । विश्वकर्मालाई राति भक्तपुर सूर्यविनायक नगरपालिका -८ जगाती चेक प्वाईन्टबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रदेश नं २–०३–००१ ख १९९७ नं को आईचर गाडी चेकजाँच गर्ने क्रममा गाडीको पछाडि पट्टी ढालाको भित्री साईडमा लुकाएर राखेको जुट र प्लाष्टिकको १६ वटा बोरा भित्र भन्सार छली गरी ल्याइएका सामानहरू, गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुरमा पठाइएको पाण्डेले जानकारी गराए ।

OM Sai Pathibhara Hospital

विभिन्न साइज र रङ्गका घाँघरहरु १ हजार सात सय १० थान, साडीहरु २ सय ३१ थान, साईजका लेडिज ब्राहरु ४ हजार ६ सय ९२ थान, लेडीजले लगाउने वानपिस कपडा २० थान, लेडीज कुर्था सुरुवाल थान ४८० थान सामानहरु नियन्त्रणमा लिइएको छ । सवारी साधन जाँच गर्ने क्रममा धनुषाको ढल्केबरबाट बर्दिबास सिन्धुली बि पी राजमार्ग हुँदै भक्तपुर आँउदै गरेको बेला पक्राउ गरेको हो ।