एजेन्सी / चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन्।
भुकम्पको धक्काले गार्जे र याआनका क्षेत्रहरूमा केही पावर स्टेसनहरू पनि अवरूद्ध भएका छन्।