खोटाङ  / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१४ मा करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी –४ का ४० वर्षीय नविन्द्र राई रहेका छन् । 

आइतबार बेलुका साढे ५ बजे नेपाल विद्युत प्राधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत राईलाई तीन धारेमा विद्युतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेको थियो ।

OM Sai Pathibhara Hospital

करेन्ट लागेर घाइते राईको स्थानीय सनराइज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो ।