झापा  / झुटा बिल बनाई भ्रष्टाचार गर्ने ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठ, सव इन्जिनियरिङ दानबहादुर बुद्थापा, सोरु गाउँपालिका -४ का तत्कालीन वडा अध्यक्ष डवले शाही, तथा उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाईँ, सचिव लोकजंग दमाइ र कोषाध्यक्ष भिमलाल दमाइ विरुद्ध मुद्दा दायर भएको हो ।

OM Sai Pathibhara Hospital

मुगुको सोरु गाउँपालिका वडा नम्बर ४ मा तटबन्धन आयोजनाको झुटा बिल बनाई उनीहरूले कामै नगरी काम गरेको कागजपत्र बनाएर भ्रष्टाचार गरेको आयोगले जनाएको छ । कार्यालय प्रमुख समेतको मिलेमतोमा १८ लाख १० हजार रुपैयाँ हिनामिना गरेका थिए ।