बिर्तामोड / गाउँपालिकालाई पूर्ण सरसफाइ युक्त बनाउने उद्देश्यले आजबाट झापाको बुद्धशान्ति गाउँपालिकामा सरसफाइ अभियान सुरु गरिएको छ ।
गाउपालिका अध्यक्ष मनोज प्रसाईँ ,उपाध्यक्ष भवानी प्रसाद खतिवडा प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेल र गाउँपालिकाका अन्य कर्मचारीको संयुक्त सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
गाउपालिका परिसरमा भएको सरसफाइ कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष प्रसाईँले आफ्नो पालिकालाई फोहोर मुक्त पालिका बनाउने र सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने बताए ।
प्रत्येक महिनाको पहिलो शुक्रबार बिहान १० बजेबाट ११ बजे सम्म बुद्धशान्ति गाउपालिका मातहतका सबै कार्यलयमा सरसफाइ गरिने अभियानका संयोजक देवेन्द्र कटुवालले जानकारी दिएका छन् ।
उनका अनुसार प्रत्येक महिनाको पहिलो शुक्रबारका दिन ७ वटै वडा कार्यालय , भागिरथा
बुद्धशान्ति अस्पताल , स्वास्थ्य चौकी गाउपालिका परिसरमा सरसफाइ गरिने छ ।