झापा / वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ ।

युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उनीहरूको त्यहाँ मृत्यु भएको हो । मृत्यु भएकामध्ये १६७ जनाको शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ ।

OM Sai Pathibhara Hospital

सोही वर्ष वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरूले ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति वापत प्राप्त गरेको दूतावासको भनाइ छ । 

दूतावासका अनुसार क्षतिपूर्ति वापत प्राप्त रकम सम्बन्धित पीडितको परिवारलाई उपलब्ध गरिएको छ । युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।