सुनसरी  / सुनसरीको धरान उप–महानगरपालिका –८ स्थितबाट लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान –८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान –१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन । 

OM Sai Pathibhara Hospital

बिहीबार अपरान्ह साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआइटी समुह र इप्रका धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । साथै प्रदेश १–०२–००३ ह १६४९ नम्बरको टेम्पो समेत नियन्त्रणमा लिइएको बताइएको छ ।