बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका -३ बाङ्गे स्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा २ जनाको डुबी मृत्यु भएको छ ।

 हिजो बिहान पौने १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र ४ कि ३६ वर्षीया शोभा खडका र डिक बहादुर खड्काको १४ वर्षीया छोरी सलिना खड्का पानीमा डुबी बेपत्ता भएकोमा शोभा खड्कालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको र पानीमा डुबी बेपत्ता भएकी सलिना खड्काको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट  खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा डुबी मृत अवस्थामा फेला परेको हो । 

OM Sai Pathibhara Hospital

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।