काठमाडौँ / राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा नागरिकता विधेयकमाथि छलफल हुनेछ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।
तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरूको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।
उक्त विधेयक माथिकाे हिजोको छलफलमा भाग लिएर सांसद जितेन्द्र नारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।