काठमाडौं / नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पहेँलो धातु सुनको भाउ ८ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार भने ८ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।