बिर्तामोड / १३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा  विराटनगर महानगरपालिका -१२ का ५५ वर्षीय राजेन्द्र ढकाल रहेका छन् ।

पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थिए ।

OM Sai Pathibhara Hospital

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डीएसपी दीपक श्रेष्ठले बताए ।

आरोपित ढकाल गैरसरकारी संस्था महासङ्घ मोरङका अध्यक्ष हुन् । ढकालले एजुकेसन हेल्पलाइन नामक संस्था सञ्चालन गर्दै आएका छन् ।