बिर्तामोड / सुनसरीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उप- महानगरपालिका -६ का २३ वर्षीय ईशान बहादुर कार्की रहेका छन् ।
बुधबार दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका ६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा उनका साथीहरूले फेला परेका थिए ।
उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्याउन साथ डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो । उक्त घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।