काठमाडौं / सरकारले आयातमा प्रतिबन्ध लगाएका १० वस्तुमध्ये ६ वटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई भने निरन्तरता दिइएको छ ।
कुरकुरे्कुरमुरे्लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, खेल्ने तास, खेलौना र ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजनको आयात बन्देज खुला भएको हो ।
सबै प्रकारका तयारी रक्सी (औद्योगिक कच्चापदार्थ बाहेक), तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहन बाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा लागेको प्रतिबन्ध कायमै छ ।
सरकारका अनुसार असोज २८ गतेसम्म यी वस्तुको आयात प्रतिबन्धले निरन्तरता पाउनेछ । आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको र व्यापार घाटा पनि फराकिलो बन्दै गएको भन्दै सरकारले पहिलो पटक वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशन गरी ती १० वस्तुको आयातमा असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि केही संशोधन गर्दै गएको साउन १ गतेदेखि भदौ १४ सम्मका लागि १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको थियो । भदौ १५ देखि केही वस्तुको आयात प्रतिबन्ध फुकुवा भएको हो ।