बिर्तामोड  / मोरङको विराटनगर महानगरपालिका -१२ रोडशेष चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउँदै गरेको अवैध सामग्री बरामद गरेको छ ।

हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बि आर ७ के १७२४ नम्बरको ट्रयाक्टरमा करिव ३७ लाख मूल्य बराबरको बिभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्राउँदै गरेको अवस्थामा बरामद गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको र अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै आज बिहान इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले इटहरी -१६ बाट अवैध सामान बरामद गरेको छ । प्र १०२००१ क ४१४९ को मिनी ट्रक र प्र १०२००१ ख ९२०७ नम्बरको ट्रकमा रहेको अवस्थामा ५० रोल कपडा र ४२० बोरा सिमेन्ट बरामद गरिएको इलाका प्रहरी कार्यालय पकलीका सही उमेश के सीले जानकारी दिएका छन् । बरामद भएको उक्त सामाग्री  राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको के सीले जानकारी दिएका छन् ।