काठमाडौँ  / महाअभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । 

बयानका लागि समितिले यसअघि नै जवराविरुद्धका प्रमाणहरू संकलन गरिसकेको छ ।  

OM Sai Pathibhara Hospital

समिति सचिवालयका अनुसार सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाएको छ भने विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् । 

विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैँले संकलन गरेका प्रमाणहरूमा मुख्य गरी जबराको आचरण माथि प्रश्न उठाइएका छन् ।