काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बुले प्रेमिका कञ्चन निरौलासँग भोलि बुधबार काठमाडौंमा विवाह गर्ने भएका छन् । यसअघि सोमबार मेहन्दी कार्यक्रम भएको छ । केही समयअघि किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए ।  माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलकिपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए । 

उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए । त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए।कञ्चन पेशाले एयरहोस्टेज हुन् । केही वर्षदेखि प्रेममा रहेका उनीहरूको भदौ १५ मा विवाह गर्न लागेका हुन्।