झापा / पश्चिम नवलपरासीको सरावल गाउँपालिका -२ स्थित मगरबुढामा रोकेर राखेको बसमा आगो लागेको छ । 

गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु १ ख ६६५४ नम्बरको बसमा आगो लागेको जिप्रका नवलपरासी पश्चिमका  डीएसपी भोजराज पाण्डेयले बताए । 
प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाण्डेयले जानकारी दिए ।

OM Sai Pathibhara Hospital