बिर्तामाेड / झापाको हल्दिबारीबाट १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका –३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरुङ रहेका छन् ।
चित्र बहादुरले बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेका भन्दै सोमबार बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले चित्र बहादुरलाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।