बिर्तामोड / पौडी खेल्ने क्रममा मेची नदिले बगाउँदा बेपत्ता भएका एक युवा मृत फेला परेका छन । मृत फेला पर्नेमा भद्रपुर -३ रंगिला चोक बस्ने भुपाल भुजेलका छोरा १८ वर्षीय सामुएल  रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो साढे चार बजेदेखि बेपत्ता भुजेललाई मंगलबार बिहान पौने नौ बजे मृत अवस्थामा फेला पारिएको हो । सामुएल भद्रपुर -४ स्थित  नर्सिङ बगान नजिक मेची नदिमा पौडी खेल्न गएका थिए ।

 पौडी खेल्ने क्रममा बेपत्ता भएका भुजेललाई प्रहरी चौकी महेशपुरमा  खबर प्राप्त हुना साथ प्रहरी चौकी महेशपुर  र वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले खोजतलास गरेको थियो । मंगलबार बिहान भुजेलको शव हराएको स्थानबाट करिब ७ किलोमिटर दक्षिण भद्रपुर -३ स्थित मेची नदिको किनारमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

OM Sai Pathibhara Hospital