रौतहट / चट्याङ लागेर रौतहटमा तीन जना महिलाको मृत्यु भएको छ ।
रौतहटको मध्यभाग गरुडा नगरपालिका –३ मलाही टोलको खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारका रहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर एउटै गाउँको एकैपटक तिन जनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ ।